logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपाल बास्केटबल लिग जेठमा हुने

    नेपाल बास्केटबल लिग जेठमा हुने

    10.2K
    Shares

    काठमाडौं । नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा आउँदो जेठमा नेपाल बास्केटबल लिग (एनबीएल) हुने भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल बास्केटबल पुरुषतर्फको प्रतियोगिता जेठ ७ गतेदेखि र महिला नेपाल बास्केटबल लिग जेठ १८ गतेदखि हुने जानकारी दिएको हो ।

    यसअघि पुरुषको दुई र महिलाको एक संस्करण आयोजना भइसकेको छ । तर कोभिड–१९ का कारण बिचमा प्रतियोगिता निरन्तर हुन सकेन । र तीन महिनापछि नेपाल बास्केटबल लिग कोर्टमा फर्कन लागेको हो ।

    महिला तथा पुरुष सहभागी नेपाल बास्केटबल लिग (एनबीएल) आगामी जेठ पहिलो साताबाट सुरु हुने भएको छ । आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले आइतबार पत्रकार सम्मेलनमार्फत पुरुष बास्केटबल ७ जेठदेखि र महिला लिग १८ जेठदेखि सुरु हुने जनाएको हो ।

    दुई महिना चल्ने प्रतियोगिताको दुवै विधाका प्लेअफ चरणका खेलहरू ३२ असारदेखि सुरु हुने र फाइनल खेल ७ साउनमा हुनेछ ।

    लिगमा पुरुष र महिलातर्फ समान सात टोलीको सहभागिता हुनेछ । यद्यपि, हाल पुरुषतर्फ ६ र महिलातर्फ ४ क्लबको टुङ्गो लागेको छ । बाँकी टोलीहरू निश्चित हुन बाँकी रहेको आयोजकले जनाएको छ ।

    प्रतियोगिताको पुरुषतर्फको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, महिलातर्फको विजेताले एक लाख र उपविजेताले पचास हजार रुपैयाँ पुरस्कार पाउने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend