logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • खुमलटार युथ क्लब पहिलो पटक ए डिभिजनमा बढुवा

    खुमलटार युथ क्लब पहिलो पटक ए डिभिजनमा बढुवा

    9.6K
    Shares

    काठमाडौं । खुमलटार युथ क्लब आइतबार पहिलो पटक सहिद स्मारक लिग ए डिभिजनमा बढुवा हुन सफल भएको छ । बी डिभिजनको निर्णायक खेलमा खुमलटारले सामाजिक युथ क्लबलाई २–१ ले हरायो ।

    सातदोबाटोमा भएको खेलमा खुमलटारलाई दोस्रो हाफको इन्ज्युरी समयमा आत्मघाती गोल उपहार प्राप्त भएको थियो । विकास लिम्बूले दुर्भाग्यपूर्ण आत्मघाती गोल गरे ।

    यही समय दशरथ रंगशालामा भएको खेलमा भने आरसीटीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल्यो । यो नतिजाले आरसीटी भने ए डिभिजनमा उक्लन असफल रह्यो । अन्तिम दिनको खेलपछि खुमलटार दोस्रो स्थानमा रहेर ए डिभिजन उक्लेको हो ।

    खुमलटार र आरसीटी दुवैको २२ अंक भए पनि हेड टु हेडको आधारमा ए डिभिजन उक्लने टिमको निर्णय भएको हो । सामाजिक र झम्सिखेल भने रेलिगेसमा परेर सी डिभिजनमा झरेको छ ।

    चर्च ब्वाइज युनाइटेडले यस अगाडि नै बी डिभिजन लिग जितेर ए डिभिजनमा उक्लिन सकेको छ । खुमलटारको स्थापना ०६१ मा भएको थियो र उसले ०७० सालको सी डिभिजन जितेर बी मा उक्लेको थियो । जितसँगै खुमलटार ‘बी’ लिगको दोस्रो स्थानमा रहदै शीर्ष डिभिजनमा उक्लिएको हो । यसअघि चर्च ब्वाइज ए डिभिजन लिगमा बढुवा भइ सकेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend