logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • ‘अराजक’ अर्थमन्त्री, ढाकछोप गर्न गभर्नरमाथि कारबाही

    ‘अराजक’ अर्थमन्त्री, ढाकछोप गर्न गभर्नरमाथि कारबाही

    8.5K
    Shares

    काठमाडौँ । प्रमुख विपक्षी एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई ‘अराजक’ को संज्ञा दिँदै उनका कमिकमजोरी ढाकछोप गर्न गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले कारबाही गरेको आरोप लगाएको छ।

    एमालेका पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आइतबार संयुक्त पत्रकार सम्मेलन गरी ‘अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नरमाथि गलत निर्णय लिएको’ दाबी गरेका छन्।

    ‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ समूहको व्यावसायिक स्वार्थ पूरा गर्न नपाएको, अर्थतन्त्र सम्हाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका छैन,’ तीनैजना पूर्वअर्थमन्त्रीद्वारा जारी विज्ञप्तिमा छ। मुलुकको अर्थतन्त्र जोगाउनेतिर लाग्नुपर्ने बेला गभर्नर अधिकारीलाई प्रायोजित रूपमा निलम्बन गरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

    पूर्वअर्थमन्त्री पौडेलले गठबन्धन सरकारले लिएका नीतिले गर्दा ९ महिनाको अवधिमा नै मुलुकको अर्थव्यवस्था जोखिमोन्मुख भएको बताए। उनले अर्थतन्त्रमा सार्थक हस्तक्षेप नभए श्रीलंकाजस्तै हुनबाट कसैले पनि रोक्न नसक्ने बताए। ‘गठबन्धन सरकार बन्नुअघि कोभिडका महामारीबीचमा पनि देशको अर्थतन्त्र सुदृढ अवस्थामा थियो,’ पौडेलले भने, ‘मुद्रास्फीति दर ४ प्रतिशतभन्दा तल रही समग्र मूल्य नियन्त्रणमा थियो। व्यापार घाटा भुक्तानी सन्तुलनमा नै थियो। वार्षिक रूपमा विपे्रषण झन्डै १० प्रतिशतले बढेको थियो। तर अहिले सबैतिर समस्या छन्।’

    पौडेलले त्यतिबेला वार्षिक कारोबारमा रु. १ अर्ब २३ करोडले भुक्तानी बचत थियो भने विदेशी मुद्रा सञ्चिति पनि १४ खर्ब पुगेको थियो। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend