logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • गठबन्धनमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण हुन्छ: अध्यक्ष नेपाल

    गठबन्धनमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण हुन्छ: अध्यक्ष नेपाल

    9.9K
    Shares

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरूमध्ये नेकपा(एस)को भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पुराना नेताहरू रहेको नयाँ दल भए पनि जनताको आकर्षण एकीकृत समाजवादीमा रहेको भन्दै उनले गठबन्धको नेतृत्व गर्ने दल आफ्नै दल भएको बताए ।

    उनले आफ्नो पार्टीबाट गठबन्धनमा रहेका अरु पार्टीले आशा राख्ने भएकाले ढुक्क भएर निर्वाचनका कार्यक्रममा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

    विचार मिल्नेहरूका बीचमा तालमेल गरेर तीनै तहको निर्वाचनमा होमिन लागेको भन्दै उहाँले दक्षिण पन्थी अवसरबादका विरुद्धमासँगै लडाइँको मैदानमा जाने दाबी गरे । कम्युनिष्ट पार्टी बनाउनेले नै विद्रोह गर्नुपरेको इतिहास आफ्नो पालामा पनि दोहोरिएको उनले बताए । पार्टी कार्यकर्ता प्रशिक्षणमा बागलुङ आएका नेता नेपालले आज बागलुङ बजारमा भेलालाई सम्बोधन गर्दैै कार्यकर्ताबाट तर्सिने नेताबाट देशले कुनै आसा गर्न नसक्ने समेत बताए ।

    उनले आफ्नो पार्टीमा जनलहर सुरु भएको पनि बताए । संस्थापक पुष्पलालदेखि आफ्नो पालामासमेत नेतृत्वको अर्कमन्यताले विद्रोह गर्नुपरेको नेपालको भनाइ छ । इतिहासमा पुष्पलालले विद्रोह गरेको स्मरण गर्दै उनले बहुमतलाई कारबाही गर्न खोजेपछि आफूले विद्रोह गर्न बाध्य भएको बताए । नेपालले भने, “विरोधीजति सबै निकाल्छु भनेपछि शिर निहुराएर बस्न सकिएन ।” उनले बैठकबाट भाग्ने नेता, बन्दुकबाट भाग्ने सिपाहीबाट केही आस गर्न नसकिने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend