logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    आज मंगलबार, हेर्नुहोस् कुन राशि हुनेको लागि कति शुभ ?

    आज मंगलबार, हेर्नुहोस् कुन राशि हुनेको लागि कति शुभ ?

    6.5K
    Shares

    मेष–आज सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च पनि बढ्न सक्छ ।

    वृष–आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

    मिथुन–आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । विपरीत वर्गप्रति आकर्षण पनि बढ्नसक्छ ।

    कर्कट–एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

    सिंह–आज गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ ।

    कन्या–इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । तीर्थाटनको योग पनि छ ।

    तुला–कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म र कर्ममा मन पनि लाग्नेछ ।

    वृश्चिक–शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

    धनु–आज आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । विचार, विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

    मकर–आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    कुम्भ–आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।

    मिन–आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend