logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • कर्णालीमा गठबन्धनको बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल हुने

    कर्णालीमा गठबन्धनको बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल हुने

    7.2K
    Shares

    सुर्खेत । कर्णाली प्रदेशमा पाँच दलीय गठबन्धन संयन्त्रको बैठक बस्दैछ । आज दिउसो नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय वीरेन्द्रनगरमा बैठक बस्न लागेको हो । मंगलबार स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले तय गरेको भागबण्डाको मापदण्ड लगायत चुनावको रणनीति विषयमा बैठकमा छलफल हुने माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।

    यसअघिका बैठकहरूमा प्रदेशमा दलहरूको ०७४ को चुनावमा आएको मत परिणाम के–कस्तो थियो भन्ने विषयमा रिपोर्टिङ प्रस्तुत गरेका छन् । गठबन्धनभित्रका दलहरू मध्ये ०७४ मा सबैभन्दा बढी जनमत माओवादी केन्द्रको रहेको थियो । एमाले विभाजनपछि एकीकृत समाजवादीको जनाधार विभाजित बनेकाले एकीकृतले त्यही अनुसारको रिपोर्ट प्रस्तुत गरेको थियो भने नेपाली काँग्रेसको जनमत ०७४ मा तेस्रो स्थानमा थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend