logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • २०७८ मा कला क्षेत्रमा भएका विवाद, पल शाहलाई जेल सम्म पुर्यायो, अरु के के भयाे ?

    २०७८ मा कला क्षेत्रमा भएका विवाद, पल शाहलाई जेल सम्म पुर्यायो, अरु के के भयाे ?

    10.7K
    Shares

    काठमाडौं । वर्ष २०७८ कला क्षेत्रका लागि खासै सुखद भएन । यो वर्ष कोरोना भाइरसका कारण ठूलो संख्यामा नेपाली फिल्महरु प्रदर्शन हुन पाएनन् भने सांगीतिक बजारको मुख्य आय–आर्जनको हिस्सा समेट्ने महोत्सव र स्टेज कार्यक्रम ठप्प झैँ देखिए ।

    यो वर्ष विवादले भने कलाकर्मीको साथ छोडेन ।

    एक नाबालिगसंगको प्रेम सम्बन्धले अभिनेता पल शाहलाई जेल सम्म पुर्यायो । करिब ६ महिनासम्म प्रेमको चर्चा चलेर सम्बन्धलाई अस्विकार गर्दै आएका अभिनेता शाह अन्ततः जेलमा दैनिकी बिताइ रहेका छन् । वर्षकै विवादित विषयको रुपमा यसलाई लिइएको छ ।

    नाबालिग बलात्कार प्रकरणको मुद्दा चलिरहँदा उनी जेलमा रहेका छन् । मुद्धा फैसला हुन एक वर्ष बढी लाग्ने बताइएको छ ।

    यही मुद्दामा दिएको अभिव्यक्तिका कारण अभिनेत्री पूजा शर्मासमेत विवादमा परिन् । उनले बलात्कार भनेको त जंगलमा लगेर, कपडा च्यातेर पो गरिन्छ त भनेका कारण दर्शक दुई भागमा विवाजित भए । र उनले धेरै गालीको समेत सामना गर्नु पर्यो । खैर, यो विवादले उनलाई भने आफ्नो फिल्म चलाउन सहयोग नै पुगेको थियो ।

    र्यापर आशिष राना लाहुरे समेत करिब डेढ महिना जेलको हावा खाएर बाहिर निस्किएका छन् । लागू औसध सेवन तथा कारोबारको आरोपमा पोखराबाट पक्राउ परेका उनी धरौटीमा रिहा भएका हुन् । लागू औषद सेवन गरेकै अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनीसंगै अन्य चार जना समेत पक्राउ परेकोमा हाल उनी भने छुटेका हुन् । उक्त समय उनी (हिमालयन रोडिज सिजन ४) मा व्यस्त थिए ।

    अमेरिकामा नयाँ वर्षको कार्यक्रममा प्रस्तुति दिन पुगेका गायक राजेश पायल राइलाई स्टेजमै आक्रमण भयो । मदिरा सेवन गरेका एक व्यक्तिले पछाडिबाट आएर उनको घाँटी थिचेका थिए । पछि उक्त व्यक्तिले सार्वजनिक माफी मागेसंगै विवाद टुंगिएको थियो ।

    यो वर्ष नै अभिनेता जितु नेपाल छक्का पन्जा टिमबाट अलग्गिएको स्पष्ट रुपमा दर्शकले थाहा पाए । उक्त टिमको कुनै पनि काममा जितु जोडिएनन् । गीत, फिल्ममात्र नभएर फिल्म हल सञ्चालनमा आउँदा समेत उक्त टिममा अटेनन् जितु । पछिल्लो समय उनलाई दिनेश डिसीको साथ देख्न सकिन्छ ।
    यो व्र्ष औसत रहे पनि आगामी व्र्ष कलाकर्मीका लागि सुखद रहने अनुमान गर्न सकिन्छ । बनेर थन्किएका धेरै फिल्म आगामी वर्ष एकपछि अर्को गर्दै प्रदर्शन हुने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend