logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • साइकल लेनहरु अतिक्रमणमा (फोटोफिचर)

    साइकल लेनहरु अतिक्रमणमा (फोटोफिचर)

    7.9K
    Shares

    काठमाडौं । साइकलमैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकलमैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरु अतिक्रमणमा परेका छन् । अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाई र पेलाईमा परेको देखिन्छ । ललितपुर महानगरपालिकाको धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल,झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ ।

    निम्न वर्गले चढ्ने साइकलको परिचय पछिल्लो समय स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि यस प्रकारको अव्यबस्थाले साइकल यात्रीहरुलाई निरुत्साही बनाएको छ । साइकलको सवारी तर्फ उच्च वर्गको रुचि बदलिदै गए पनि यस प्रकारको अवरोधले पुनः धुवाँ फाल्ने सवारी साधनमा फर्काउन बाध्य बनाउदै जाने छ ।

    यसै विषयलाई केन्द्रमा राखेर न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले ललितपुर महानगरपालिका भित्र साइकल लेन बनाइएको बिभिन्न क्षेत्रमा पुगेर खिचेका तश्वीरहरु आजको फोटो फिचरमा ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend