logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • आज २०७९ बैशाख ०७ बुधवार को राशिफल

    आज २०७९ बैशाख ०७ बुधवार को राशिफल

    5.2K
    Shares

     

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त वा सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ, सचेत रहनुहोला । यात्रामा सामान पनि हराउन सक्छ ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्नेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । घरायसी मनोरञ्जन हुनेछ, तर स्वास्थ्य मापदण्डलाई ख्याल गर्नुहोला ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा दुबिधा हुने र स्वास्थ्यमा समस्या आउन सक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । तर स्वास्थ्यको भने विशेष ख्याल गर्नुहोला ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कुनै कुराले मन प्रसन्न रहनेछ । राजनैतिक कार्य र समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । सामाजिक काममा सहभागी भइएला । रोकिएको कामलाई दोहोर्याएर प्रयास गर्दा फाइदा हुन सक्छ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज संगीत, कला र साहित्यमा रुचि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मान प्रतिष्ठामा वृद्धि होला । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend