logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • एसईई परिक्षा भोलीदेखी शुरू, छात्रको भन्दा छात्राको संख्या बढी

    एसईई परिक्षा भोलीदेखी शुरू, छात्रको भन्दा छात्राको संख्या बढी

    6.4K
    Shares

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ भोली शुक्रबारबाट शुरू हुने भएको छ । यो वर्ष २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी हुँदैछन् । एसईई दिने छात्राको संख्या छात्रको भन्दा ८ सय ७१ ले बढी छ ।

    कुल परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५७ हजार ९ सय २४ छ भने छात्रको संख्या २ लाख ५७ हजार ५३ रहेको छ । त्यस्तै, परीक्षामा प्राविधिक समूहमा ४२ विषय समावेश छन् भने प्राविधिक धारका विद्यार्थीको संख्या १४ हजार ५ सय ६४ छ ।

    ग्रेडवृद्धि परीक्षामा ११ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले करिब ११ हजार ६ सय १५ विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको र तीमध्ये २ सय ९९ प्राविधिक धारका विद्यालय रहेको जानकारी दिएका छन् । सबैभन्दा बढी काठमाडौमा १ हजार ३ सय विद्यालय रहेकोमा १ सय २४ केन्द्र कायम गरिएको छ ।

    बोर्डका अनुसार परीक्षामा सबैभन्दा कम मुस्ताङ र मनाङमा एक–एक परीक्षा केन्द्र कायम गरिएको छ । मनाङमा २९ र मुस्ताङमा १ सय ८३ परीक्षार्थीले सहभागिता जनाउँदैछन् ।

    परीक्षा बिहान ८ बजेबाट शुरू भई ११ बजे सकिनेछ । तर, फरक शारीरिक क्षमता भएका परीक्षार्थीलाई अवस्था हेरेर एकदेखि डेढघण्टा समय थप गर्ने व्यवस्था गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend