logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • आज २०७९ बैशाख ०९ शुक्रवार को राशिफल

    आज २०७९ बैशाख ०९ शुक्रवार को राशिफल

    5.8K
    Shares

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्त र साथीबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । दिनको उत्तरार्धमा स्वास्थ्य बिग्रन सक्छ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ । आज सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । सामाजिक उपकारको काममा सहभागी भइएला । बौद्धिकताको विकास पनि हुनेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख पनि मिल्ला, तर भ्रमका पछि दौडनु राम्रो होइन ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मन खिन्न हुने स्थिति आउनेछ । मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । पेशा र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विवेक, बुद्धि र समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान प्राप्त हुनेछ , तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले पनि सताउन सक्छ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर पारिवारिक जीवनमा मतभेद सिर्जना हुनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend