logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • एमालेले काठमाडौंको उपमेयरमा टिकट थमाएकी सुनिता डंगोलको यस्तो छ प्रोफाइल

    एमालेले काठमाडौंको उपमेयरमा टिकट थमाएकी सुनिता डंगोलको यस्तो छ प्रोफाइल

    41.5K
    Shares

    १० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी पूर्व मिस नेवा सुनिता डंगोललाई नेकपा एमालेले उपमेयरको टिकट थमाएको छ ।

    शनिबार बसेको एमाले सचिवालयको बैठकले काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाएको हो।

    विज्ञानमा स्नातकोत्तर गरेकी डंगोल स्वतन्त्र रुपमा काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेकी थिइन्।

    विभिन्न सामाजिक कार्यक्रम र क्यालिग्राफी प्रवर्द्धनमा व्यस्त उनले रञ्जना लिपी चिनाउन विभिन्न ठाउँमा गएर कार्यशाला गोष्ठी गरेकी छन्।

    सांस्कृतिक अभियन्ताका रुपमा नेपाल चिनाउन जुटेकी उनले शहरी योजना आयोगमा सहायक विज्ञका रुपमा काम गरेकी छन्।

    टेलिभिजन कार्यक्रम प्रस्तोतासमेत रहेकी डंगोल मोटिभेसन क्लास दिदै तथा काठमाडौंका टोल टोलमा सामाजिक कार्यदेखि स्थानीय लिपी, भाषा, संस्कृतिको प्रवर्द्धन गर्दै आएकी थिईन।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend