काठमाडौँ । नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजयी सुवेदीलाई उम्मेदवार बनाएको छ ।
नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले सुवेदीलाई भरतपुर महानगरपालिकाको मेयरमा उठाउने निर्णय गरेको हो ।
सुवेदी बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्रीसमेत हुन् । उनले एमाले चितवनको पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व गरेका छन् ।
यसअघि उनी चितवन क्षेत्र नम्बर २ (ख) बाट बाग्मती प्रदेशसभामा विजयी भएका थिए ।