काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । महानगरपालिकाको मयेर उपमेयरको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो । पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्ने कार्यसम्पादन समिति बैठकले मेयर र उपमेयरका उम्मेदवारको निर्णय लिने बताइएको छ ।
त्यसअघि बिहान ९ पार्टी कार्यालय सानेपामै शीर्ष नेताबीच अनौपचारिक छलफल हुने छ । उम्मेदवार टुङ्गो लगाउन काँग्रेसका शीर्ष नेताबीच शुक्रबार र शनिबार बालुवाटारमा छलफल भएको थियो । काँग्रेस सहमहामन्त्री बद्री पाण्डेकाअनुसार बालुवाटारमा ठोस सहमति जुट्न नसकेपछि आइतबार नै सबै विषय टुंग्याइने तयारी छ ।
काँग्रेसमा काठमाडौँको मेयरको उम्मेदवारका सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको मेयरमा निर्णयमा पुग्न सकेको छैन ।