पोखरा – नेकपा (एमाले) ले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियो सार्वजनिक भएपछि उनको टिकट खोसेर कृष्ण थापालाई दिएको छ ।
शनिवार बसेको एमाले सचिवालय बैठकले पौडेललाई टिकट दिने निर्णय गरेको थियो तर आइतवार एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएपछी एमालेले उनको टिकट खोसेको हो।
पौडेललाई टिकट पाएसँगै सुन चोरेको भिडियो निकालिएको थियो। उनको सामाजिक सन्जालमा भिडियोसहित आलोचना भएपछी एमालेलाई नैतिक संकट परेपछि अन्ततः उनको टिकट खोसेर थापालाई टिकट दिइएको छ । थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका ब्यक्ति हुन् । २०७० मा भने कास्की २ बाट संघीय चुनावमा पराजित भएका थिए ।
उनी हाल गण्डकी प्रदेश सभा सदस्य समेत हुन्। त्यस्तै उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् । यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताएपनि अहिले मौन छिन् ।
थापा र गुरुङ दुवैजना नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् ।