logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ग्रामिण बिकासमा डबल डिग्री गरेका देउजा मेयर बन्न गाउँ छिरेपछि मेलम्चीबासीमा उत्साह

    ग्रामिण बिकासमा डबल डिग्री गरेका देउजा मेयर बन्न गाउँ छिरेपछि मेलम्चीबासीमा उत्साह

    3.4K
    Shares

    नेकपा एमालेले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा रणनितिक रुपमा हेभिवेट उमेदवार अघि सारेको छ । वाग्मती प्रदेश कमिटी सदस्य तथा प्रतिनिधीसभा क्षेत्र नम्बर २ का सह इन्चार्ज समेत रहेका बालकष्ण देउजालाई मेयर र जिल्ला कमिटी उपाध्यक्ष उमा प्रधानलाई उपमेयरको उमेदवारको रुपमा एमालेले अघि सारेको छ ।

    देउजा र प्रधानको उमेदवारीले मेलम्चीका एमाले कार्यकर्ता र समर्थकहरुमा उत्साह देखिएको छ । स्थानिय रुपमा राम्रोसँग भिजेका लोकप्रिय उमेदवारलाई पार्टीले टिकट दिए पछि चुनाव जित्ने कन्फीडेन्ट भनै बढेको भन्दै एमाले कार्यकर्ताहरुले खुशियाली मनाइरहेका छन् ।

    जिल्लाका १२ वटा स्थानिय तहहरु मध्ये मेलम्ची एमालेको गढका रुपमा चिनिन्छ । २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा एमालेले १३ वटा वडा मध्ये ८ वटा वडा सहित मेयर र उपमेयरमा पनि बिजय हासिल गरेको थियो । फराकिलो मतान्तरमा प्रतिद्धन्द्धीलाई हराएर राखेको इतिहास कामय राख्न एमाले पंक्ति कस्सिएको छ ।

    मेलम्चीको मेयरको उमेदवार बनेका देउजा लामो राजनितिक इतिहास भएका सालिन र बौद्धिक नेताका रुपमा चिनिन्छन् । राजनितीकशास्त्र र ग्रामिण विकासमा डिग्रि गरेका उनी अधिवक्ता समेत हुन् । देउजाको सामाजिक पुँजि स्थानिय स्तरमा निकै अब्बल मानिएको छ ।

    ग्रामिण विकासमै डिग्रि गरेको साथै राजनितीकशास्त्रको पनि डिग्रि बोकेको र कानुनको पनि ज्ञाता भएका कारण देउजाको मजबुद त्रिकोणात्मक व्यक्तित्वले सहि व्यक्तिले सहि ठाउँमा जिम्मेवारी पाउँन लागेको भन्दै यसले समग्र मेलम्ची नगरपालिकाले लाभ लिन सक्ने एमाले नेता कार्यकर्ताहरुले दाबी गरेका छन् ।

    देउजासँगै मेयरको आकांक्षी रहेका अन्य नेताहरुले पनि सौहार्दपुर्ण व्यवहार देखाएका छन् । ठूलो पार्टीमा आकांक्षीहरु धेरै हुनु स्वाभाविक भएको भन्दै उनीहरुले पार्टीले एक जनालाई आधिकारिक रुपमा खडा गरे पछि जिताउँन सबै हिसाबले लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    एमालेले उपमेयरको रुपमा उमेदवार बनाएको उमा प्रधान महिला आन्दोलनबाट स्थापित जिल्ला नेतृको रुपमा चिनिन्छीन् । प्रतिनिधीसभा सदस्यका लागी एमालेबाट समानुपातिक उमेदवारको रुपमा समेत सिफारिस भइसकेकी उनले इमान्दार र रुझारु महिला नेतृत्वको पहिचान बनाएकी छन् ।

    एमालेले निकै सुझवुझका साथ सबै खालको सुन्तुलन मिलाएर योग्य उमेदवार उठाएको दाबी स्थानिय नेताहरुले गरेका छन् । उमेदवार छनोटलेनै परिणामलाई धेरै हिसाबमा प्रभाव पार्ने भन्दै उनीहरुले एक सालिन , बौद्धिक र विकासप्रेमी नेताको नेतृत्वमा चुनावमा जाँदा भारी मतान्तरले चुनाव जित्न सहजहुने दाबी गरिरहेका छन् ।

    एमालले मेयरको उमेदवार बनाएको बालकष्ण देउवा को हुन्रु यस्तो छ उनको राजनितिक पृष्ठभूमी

    वि स २०२४ सालमा बुवा खिल बहादुर देउजा र आमा होम कुमारी देउजाको जेठो सन्तानका रूपमा हालको मेलम्ची नगरपालिका वडा नं ६ तालामाराङमा बालकृष्ण देउजाको जन्म भएको हो। सानै देखि राजनीति र अध्ययनमा उतिकै रुचि राखेका उनले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्। २०५३ सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले २०६६ सालमा त्रिवि बाटै ग्रामीण विकासमा स्नातकोत्तर गरे। त्यसअघि २०६० सालमा नेपाल ल क्याम्पस बाट कानुनमा स्नातक तह अध्ययन गरेका उनले २०६७ सालमा अधिवक्ताको लाइसेन्स र उच्च अदालत पाटन बारको सदस्यता हासिल गरे ।

    त्यसो त देउजाको राजनीतिक इतिहास पनि लामो छ। बाल्यकाल देखि नै राजनीति र व्यवस्था परिवर्तनमा रुचि राखेका उनी २०४२ सालदेखि २०४४ सालसम्म सानोठिमी क्याम्पस भक्तपुरमा अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्य बनेका थिए। त्यसको एक वर्षमै उनले २०४५ सालबाट २०४६ सम्म भूमिगत संगठन ए।पी।एजि एरिया पार्टी ग्रुपको प्रमुख ९सचिव० को जिम्मेवारी पाए। २०४६ देखि २०४८ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति सदस्य बनेका उनी २०४७ सालमा नेकपा ९एमाले० दोस्रो जिल्ला सम्मेलन आयोजक कमिटी सदस्यमा पहिलो पटक मनोनीत भए। त्यसदिन देखि २०७७ सम्म करिब ३० वर्ष उनी निरन्तर जिल्ला कमिटीमा क्रियाशील रहे ।

    जिल्ला कमिटी सदस्य बनेपछि पनि उनको अन्य क्षेत्रको क्रियाशीलता उतिकै रह्यो। २०४९ मा गाविस अध्यक्षमा निर्वाचित भएका उनी २०५१ मा गाउँ विकास समिति राष्ट्रिय महासंघ नेपालको संस्थापक केन्द्रीय सदस्यमा निर्वाचित भएर २०५४ सम्म कार्यरत रहे । यही समयमा उनी २०५१ मा अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्षमा मनोनीत पनि भएका थिए। २०६४ मा अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी वर्तमानमा स्थायी कमिटी सदस्यका रूपमा कार्यरत छन् ।

    नेपाल सरकारले २०७१ मा उनलाई सुकुम्वासी आयोग सिन्धुपाल्चोकको जिल्ला सदस्यमा मनोनीत गर्‍यो र त्यो भूमिका पनि उनले कुशलतापूर्वक निभाए । त्यस्तै २०७७ मा नेपाल सरकारबाटै भूमि सम्बन्धी समस्या समाधान आयोग सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा मनोनीत उनी त्यहाँ पनि आफ्नो भूमिका देखाउन सफल भए। २०७७ सालमा नेकपा ९एमाले० मा आएको बिभाजनकालमा केपी ओली पक्षको सबैभन्दा कमजोर जिल्ला भनेर चित्रण गरिएको सिन्धुपाल्चोकको नेतृत्व लिएर पार्टी जोगाउने कुरामा उनको अझै महत्त्वपूर्ण योगदान रह्यो। २०७७ पौष २७ देखि २०७८ भाद्र २७ गते सम्म यो जिम्मेवारी सम्हालेका उनले पार्टीलाई पुनः ट्र्याकमा फर्काउन र यसबिचमा संगठनलाई अझै दरिलो बनाउन उल्लेखनीय भूमिका खेले। २०७७ मै बागमती प्रदेश कमिटी सदस्यमा मनोनीत भएका देउजा हाल बागमती प्रदेश सचिवालय सदस्य र सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र २ को सह इन्चार्जको भूमिकामा क्रियाशील छन् ।

    भारत, फिलिपिन्स, इटाली लगायतका देशहरूको भ्रमण गरेका देउजाले हरेक भ्रमणलाई अध्ययन र सिकाइको उपयुक्त अवसरका रूपमा सदुपयोग गरेका छन्। भ्रमण गर्दै गर्दा उक्त देशको कृषि प्रणाली बुझ्ने मुख्य उद्देश्य राखेका उनी त्यहाँको सामाजिक, आर्थिक, शैक्षिक विकासको पनि राम्रो ज्ञान राख्छन्। मार्क्सवादी दर्शन देखि समाजवाद सम्मका विषयहरूमा विभिन्न गोष्ठी, सेमिनार आदिमा उनले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा भाग लिने र कार्यपत्र प्रस्तुत गर्ने काम गरेका छन्।

    देशभित्र रहेको असमानता हटाउने कुरामा समेत आफ्ना लेखहरू मार्फत निरन्तर खबरदारी र सचेत गराउँदै आएका उनले दलितका मुद्दा, गुठी जग्गाको मुद्दा, किसानहरूको समस्या, स्थानीय विकासको सरोकार, सहभागितामूलक दिगो विकासको सन्दर्भ, बाल अधिकारको विषय, सार्वजनिक जबाफदेहिता र सुनुवाइ लगायत थुप्रै अन्य विषयहरूमा राष्ट्रिय पत्र पत्रिकाहरू मार्फत आफ्नो विचार जनतासमक्ष पुर्‍याउने काम गरेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend