logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आज उम्मेदवारविरुद्ध दाबी–विरोध दिन सकिने, यस्तो छ निर्वाचन आयोगको कार्यतालिका

    आज उम्मेदवारविरुद्ध दाबी–विरोध दिन सकिने, यस्तो छ निर्वाचन आयोगको कार्यतालिका

    2.1K
    Shares

    काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा दाबी–विरोध दिन सकिने छ । आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा आज साँझ ५ बजेसम्म दाबी–विरोध गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका अनुसार १४ र १५ वैशाखमा मनोनयन पत्र जाँच गर्ने र परेका उजुरीको जाँचबुझगरी निर्णय गर्ने, १५ गते नै उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने, १६ वैशाखमा भने उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।

    निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदैछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend