काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै सिन्धुपाल्चोक जिल्लामा पार्टी परित्यागको लहर चलेको छ । सिन्धुपाल्चोक माओवादीमा राजीनामाको लहर नै चलेको हो । भोटेकोशी गाउँपालिका माओवादी इन्चार्ज देखि गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायत ७३ जनाले पार्टीबाट राजीनामा दिएको सामाूहिक घोषण गरेका छन् ।
उनीहरुले पार्टीले भोटेकाशी गाउँपालिकाको हकमा व्यक्तिवाद, स्वार्थ, आर्थिक दलालीकरणमा फसेर विधि, पद्दती, प्रणाली र नैतिकरुपमा गिर्दै गएको बताएका छन् ।
सामुहिक राजिनामामा भनिएको छ– हाम्रो पार्टीको यो दुखान्त स्थितीले नैतिकरुपमा सांगठनिक जिम्मेवारीमा बस्न उचित लागेन । स्थानीय तहको चुनाव नजिक आइसकेको छ । पार्टी कमिटीले सर्वसम्मत सिफारिस गरेको उम्मेदवारलाई लात हानेर शक्ति र स्वार्थको आधारमा व्यापक र आर्थिक चलखेल गरी पार्टी केन्द्रको निती विपरित उम्मेदवारमा धाँधली गर्ने पार्टी नेतृत्वको हामी सामूहिक रुपमा घोर निन्दा र भ्रत्सना गर्दछौं ।