logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • थाहा पाउनुहोस्, तपाईँकाे आजको राशीफल

    थाहा पाउनुहोस्, तपाईँकाे आजको राशीफल

    9.5K
    Shares

    मेष –मेष राशिको जातकका लागि मनमा प्रसन्नता छाउने छ । परिवारमा आत्मियता, सुख र समृद्धि हुने खालका कार्य हुनेछन् । व्यापारबाट आय र मनले सोच अनुसारको काम हुनेछ । आजको दिन विहान सूर्योदयको दर्शन गर्नु बेस हुनेछ ।

    वृष –आजको दिन यात्रा गर्दा अनेक समस्या हुनेछन् । मनमा अशान्त र आर्थिक भार र निराशासनक सोचका कारण तपाईँको आजको दिनमा चिन्ता हुने भएकाले बृष राशिका जातकले कम बोल्ने र आफ्नो नियमित कामबाहेक अन्य काममा बढी चासो नराख्नु बेस हुनेछ ।

    मिथुन –मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्छन् त्यसैले आफन्तजनसँग सम्बन्ध विस्तारको लागि पहल गर्नुहोला । आजको दिन एकाग्रता राख्नु र कसैसँग विवाद र झगडा हुने काम नगर्नुहोला । तपाईँलाई दोष दिइनेछ।

    कर्कट –कर्कट राशिका जातकका लागि आजको दिन सुख आनन्द प्राप्त हुनेछ । आभुषण खरिद, नयाँ बस्त्र खरिद गर्दा समेत शुभ हुनेछ । व्यवसायमा लगानी गर्दासमेत उचित प्रतिफल प्राप्त हुनेछ । छोटो दूरीको यात्रा र आफन्तजनको आकस्मिक साथ सहयोग मिल्नेछ ।

    सिंह –खर्च, र अनावश्यक दुःख कष्ट भोग्नु पर्ने छ । मनमा चिन्ता र भयको डर हुनेछ । आफन्तजन र परिवारमा कलहको वातावरण हुनेछ । कलहको औषधि भनेको मौन हो । त्यसैले सिंह राशिका व्यक्तिले आजको दिन मौन रहनु नै भलो हुनेछ । अध्ययनको काममा लाग्दा तपाईले सोच अनुसारको प्रतिफल प्राप्त हुनेछ ।

    कन्या –आजको दिन यात्राको लागि उत्तम छ । कन्या राशिको जातकका लागि आजको दिन निकै शुभ छ । किनकी चन्द्रमाको साथ छ । आज चन्द्रमा कन्या राशिमा परिक्रमा गरिरहेको हुनाले पनि आजको दिन तपाईँले जे काम गर्दा पनि सफलता प्राप्त हुनेछ ।

    तुला –आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । अनावश्यक यात्रा र आर्थिक भार पर्ने काम नगर्नुहोला । समय अनुकुल नभएको हुनाले आजको दिन खर्च हुने काम कम गर्ने र आफनो नियमित काम मात्र गर्दा बेस हुनेछ । भोलि तुला राशिमा चन्द्रमा प्रवेश हुने भएकाले आज एक दिनको धैयताले तपाईलाई निकै राम्रो हुनेछ ।

    वृश्चिक –स्त्रीजनको सल्लाहअनुसार काम गर्दा आजको दिन वृश्चिक राशिका जातका लागि भलो हुनेछ । व्यापार ब्यबसायमा मनग्ये लाभ हुनेछ । सन्तान र आफन्तजनले साथ सहयोग दिनेछन् । मित्रमण्डलीसँग कुनै विषयमा विवाद नगर्नुहोला । सद्भावपूर्ण व्यबहारबाट काम गर्दा आजको दिनमा सफलता हात लाग्नेछ ।

    धनु –धनु राशिको जातकले घरबाट बाहिर निस्कदा विचार पुर्‍याउनु होला । यात्रा गर्दा बाधाकष्ट हुनसक्छ । परिवारमा कलह हुनसक्ने छ । आफूले सम्मान गर्ने उच्च व्यक्तित्वसँग भेटवार्ता र आशिर्वाद प्राप्त गर्दा दिन सफल हुनेछन् । आफूले मान्नुपर्ने उच्चतहका व्यक्तिको निर्देशनअनुसार काम गर्दा दिन सफल हुनेछ।

    मकर –मानसिक चिन्ता, व्यापारव्यवसायबाट सोचअनुसारको काम नहुँदा मनमा चिन्ता र भय हुनसक्छ । तर आजको दिने मेरो लागि सामान्य हो भनेर बुझेर काम गर्दा मकर राशिका जातकहरुले आजको दिन मठ मन्दिरको दर्शन र केही बटुक र भोका व्यक्तिलाई दान गर्दा नसोचेको फलप्राप्ति हुनेछ ।

    कुम्भ –कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति बाधा उत्पन्न हुनेछ । यात्राबाट हानी र आफन्त र मित्रमण्डलीहरुले अनावश्यक दोष र साथ सहयोग पनि नहुनसक्छ । साँझको समयमा दीप प्रज्‍ज्वलन र कुनै मन्दिरमा बिहानै गएर दीप प्रज्ज्वलन गर्दा कष्ट कम हुनसक्छन् ।

    मीन –व्यापारव्यवसायबाट लाभ हुनेछ । दाम्पत्य जीवनमा सुखप्राप्ति, स्वास्थ्यमा अनुकूलता र आकस्मिक लाभ हुने सम्भावना पनि छ । आजको दिन मौन र बिहान सूर्योदयको दर्शन गर्दा तपाईँमा उर्जा र उत्साह प्राप्त हुनेछ । अध्ययन अध्यापन कार्यमा तपाईँले गर्नुभएको कार्यमा पनि सफलता प्राप्त हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend