logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आह्वान गरिने

    बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आह्वान गरिने

    3.1K
    Shares

    काठमाडौं । सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलका अनुसार बुधबार शीर्ष नेताहरूले साझा उम्मेदवारबाहेक अन्य नेताहरूले दर्ता गरेको मनोनयन फिर्ता लिन आग्रह गर्ने छन् ।

    उनले भने, “साझा उम्मेदवारबाहेकका साथीहरूलाई मनोनयन फिर्ता लिन आग्रह गर्छौं । पार्टीमा उहाँहरूले गर्नुभएको योगदानको मूल्याङ्कन हुन्छ । अहिलेलाई उहाँहरूले पार्टीलाई सहयोग गर्नुपर्छ । पार्टीको निर्णय मान्नुको विकल्प पनि छैन । यही आग्रह सबै साथीहरूलाई गर्छौं ।” उनले गठबन्धनलाई बलियो बनाउनु अहिलेको आवश्यकता र जिम्मेवारी रहेको बताउँदै पार्टीको निर्णयविपरीत मनोनयन गरेका नेताहरूले वैशाख १६ गतेभित्र उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend