logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • विद्यालय र क्याम्पस पनि शनिबार र आइतबार बिदा

    विद्यालय र क्याम्पस पनि शनिबार र आइतबार बिदा

    14.7K
    Shares

    काठमाडौं । सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए ।

    सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए ।

    सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९: ३० बजेदेखि साँझ ४:३० सम्म सञ्चालन हुने उनले जानकारी दिए । बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन् ।

    ‘विद्यार्थीको पढाइमा असर नपुगोस् भनेर अरु सार्वजनिक बिदा काटिन्छ, कसरी कक्षा सञ्चालन गर्ने मन्त्रालयले कार्ययोजना पनि बनाउँछ,’ उनले भने । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । शिक्षामन्त्री पौडेलले परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गरिएको बताए ।

    सम्बन्धित समाचार

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend