काठमाडौँ – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एअरलाइन्सको वाइडबडी जहाजले परीक्षण उडान गर्ने भएको छ।
आज दिउँसो ३ बजे नेपाल एयरलाइन्सको वाइडबडीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले सहित करिब दुई सय ६० यात्रु लिएर त्रिभुवन अन्तराराष्ट्रीय बिमानस्थलबाट गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्ने भएको हो।
भैरहवा बिमानस्थलमा नेपाल एअरलाइन्सको जहाजले पहिलोपटक अवतरण गर्न लागेको गौतमबुद्ध विमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दाहाल जानकारी दिए।
जहाज आजै साँझ पाँच बजेपछि पुनः काठमाडौं फर्कने छ। गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते नै नेपाल एअरलाइन्सले परीक्षण उडान गर्ने तयारी गरेको थियो। त्यतिबेला विविध कारणले हुन नसकेको उडान आज गर्न लागिएको दाहालले जानकारी दिए।
आगामी जेठ २ गते बुद्ध जयन्तिको दिनदेखि गौतमबुद्ध विमानस्थलबाट बुद्ध एयरले नियमित व्यावसायिक उडानको तयारी गरेको छ।