काठमाडौँ – भैरहवास्थित दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान भर्न तयार भएको छ।
बिहिवार नेपाल वायुसेवा निगमको वाइडबडी एयरबस ३३० जहाजले सफल परीक्षण उडान गरीसकेको छ ।
बिमानस्थलका सम्पूर्ण संरचनाहरु अन्तरराष्ट्रीय यात्रुको स्वागतको लागी तयारी अवस्थामा रहेको जानकारी पर्यटनमन्त्री प्रेम आलेसहित मन्त्रालयका कर्मचारी,पर्यटनसम्बद्ध व्यवसायी, पत्रकार सहित काठमाडौँबाट पुगेको टोली र विमानस्थलमा उपस्थित स्थानीयलाई सम्बोधन गर्दै भैरहवामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जानकारी दिए।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गते बुद्ध जयन्तिको दिनदेखि नियमित व्यावसायिक उडान हुने भएको छ ।
फोटो – बिशाल जेबी/सुनौलो नेपाल