logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • यसरी लुकाउनुहोस् फेसबुक र इन्स्‍टाग्राम पोस्टमा आउने लाइक

    यसरी लुकाउनुहोस् फेसबुक र इन्स्‍टाग्राम पोस्टमा आउने लाइक

    9.3K
    Shares

    काठमाडाै‌ । फेसबुक र इन्स्‍टाग्रामले त्यस्ता प्रयोगकर्ताहरूको लागि लाइक/रियाक्सन लुकाउन मिल्ने फिचर दिएको छ ।

    यसरी लुकाउनुहोस् फेसबुक पोस्टमा आउने रियाक्सनहरूः

    – यसको लागि तपाईंले आफ्नो अकाउन्ट फेसबुक एपबाट लगइन गर्नुपर्ने हुन्छ। सुरूमा एपबाट फेसबुक लगइन गर्नुहोस्।

    – यसपछि सेटिङ्स एन्ड प्राइभेसीमा जानुहोस्।

    – यसभित्र रहेको सेटिङ्स विकल्प रोज्नुहोस्।

    – यहाँ तपाईंले अकाउन्ट, प्रिफिरेन्सेस, अडियन्स एन्ड भिजिबिलिटी लगायत विभिन्न खण्ड देख्नुहुन्छ। त्यसमध्ये प्रिफिरेन्सेसभित्र रहेको ‘रियाक्सन प्रिफिरेन्सेस’ विकल्‍प रोज्नुहोस्।

    – यसभित्र तपाईंले ‘हाइड नम्बर अफ रियाक्सन’ भन्ने देख्नुहुन्छ। जसभित्र थप दुई खण्ड छन्। पहिलो विकल्पमा रहेको ‘अन पोस्ट फ्रम अदर्स’लाई अन गर्नुभयो भने अन्य प्रयोगकर्ताले पोस्ट गरेको कुनै पनि पोस्टको लाइक (रियाक्सन) र कमेन्टहरू तपाईंले देख्नुहुँदैन। त्यस्तै, ‘अन योर पोस्ट’ भन्ने विकल्‍पलाई अन गर्नुभयो भने तपाईंको पोस्टहरूमा आएको रियाक्सन र कमेन्टहरू अन्य प्रयोगकर्ताले देख्न मिल्दैन।

    – आफ्नो पोस्टमा आएको लाइक (रियाक्सन) लुकाउन दोस्रो विकल्प अर्थात् ‘अन योर पोस्ट’ भन्ने विकल्पलाई अन राख्नुहोस्। यसरी अब अन्य प्रयोगकर्ताले तपाईंको पोस्टमा आएको कुनै पनि लाइक वा रियाक्सनहरूको अंक हेर्न मिल्दैन। तर एकएक गरेर हेर्न खोज्यो भने मिल्छ।

    यसरी लुकाउनुहोस् इन्स्टाग्राम पोस्टको लाइक्सहरूः

    – इन्स्टाग्राम एपबाट आफ्नो अकाउन्ट लगइन गर्नुहोस्।

    – यसपछि तपाईंको प्रोफाइल पृष्ठमा जानुहोस्।

    – यहाँ दायाँपट्टी सबैभन्दा माथि तीनवटा तेर्सो दर्को देख्नुहुन्छ। यसमा थिच्नुहोस्।

    – स्क्रिनमा विभिन्न विकल्प देख्नुहुन्छ। त्यसमध्ये सेटिङ्स रोज्नुहोस्।

    – अब यसभित्र रहेको प्राइभेसी भन्ने विकल्प रोज्नुहोस्।

    – अबको पृष्ठमा इन्टरएक्सन खण्डभित्र पोस्ट भन्ने देख्नुहुन्छ। यसलाई रोज्नुहोस्।

    – यो पृष्‍ठको सबैभन्दा माथि ‘हाइड लाइक्स एन्ड भ्यू काउन्ट’ भन्ने देख्नुहुन्छ। त्यसलाई अन गर्नुहोस्। यति गरेपछि तपाईंको पोस्टमा आउने लाइक र भ्यु काउन्ट (भिडिओको खण्डमा) अन्य प्रयोगकर्ता अथवा तपाईंको इन्स्टाग्राम फलोअर्सले देख्दैन।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend