logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • मदनकृष्णको ‘एउटा सपना छ’ लेजेन्डरी भर्सन सार्वजनिक

    मदनकृष्णको ‘एउटा सपना छ’ लेजेन्डरी भर्सन सार्वजनिक

    7.6K
    Shares

     

    काठमाडौं । वरिष्ठ हास्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । बुधवार श्रेष्ठको ७२ औँ जन्मजयन्तीको अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो । गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भुमिकामा देखिएकी छन् ।

    गीत बिरामीका कारण स्मरण शक्ति गुमाएका हजुरबुवालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुवाको कथामा गीत समेटिएको छ । सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हुमागाँईले छायाङ्कन र सम्पादन गरेका हुन् । गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत एउटा सपना छ को लेजेन्डरी भर्सन सार्वजनिक गरेका हुन् । भिडियो हेरेपछि वरिष्ठ कलाकार श्रेष्ठले आफूलाई हास्य कलाकार भन्दा धेरै गायक भनेको मन पराउने बताए ।

    त्यस्तै गीत हेरिसकेपछि हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ले मदनकृष्ण श्रेष्ठले हसाउने मात्रै भनेको सुनेपनि गीत गाएर रुहाएको बताए । उनले श्रेष्ठको गीत भावुक बनाउने र मर्मस्पर्शी रहेको उल्लेख गरे ।

    त्यस्तै अभिनेत्री आँचल शर्माले भिडियो र गीत उत्कृष्ट रहेको बताईन् । उनले भिडियोको सम्पादन र क्वालिटी (गुणस्तर) पनि अत्यन्त उत्कृष्ट रहेको बताईन् ।

    कार्यक्रममा उपस्थित कलाकारहरुले वरिष्ठ कलाकार तथा गायक श्रेष्ठलाई ७२ औँ जन्मजयन्तीको शुभकामना व्यक्त गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend