logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • भरतपुरका स्वतन्त्र उम्मेदवार पौडेललाई रमेश खरेलको साथ

    भरतपुरका स्वतन्त्र उम्मेदवार पौडेललाई रमेश खरेलको साथ

    20K
    Shares

    चितवन । भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई नेपाल सुशासन पार्टी सहयोग गर्ने भएको छ।

    मंगलवार एक कार्यक्रम गर्दै नेपाल सुशासन पार्टीले मेयरका स्वतन्त्र उम्मेदवार पौडेललाई सहयोग गर्ने बताएको हो।

    भरतपुरमा मेयरका स्वतन्त्र उम्मेदवार पौडेलले चुनावी प्रचारप्रसार कार्यक्रमलाई तिब्रता दिईरहेका बेला नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) समेत रहेका रमेश खरेलले नेतृत्व गरेको नेपाल सुशासन पार्टी सहयोग गर्ने जनाएको छ ।

    पौडेलले चुनाव चिह्न भुइँकटहर प्राप्त गरेपछि भरतपुरमा बिपीको शालिकलाई साक्षी राखेर भरतपुरलाई भ्रष्टाचारमुक्त समृद्ध सहर बनाउने संकल्प गरेको भन्दै नेपाली कांग्रेंसको झण्डा बोकेर उनले चुनाव प्रचार प्रसार अगाडी बढाएका छन् ।

    पाँच दलीय गठबन्धनले भरतपुरको मेयर माओवादी केन्द्रलाई दिनेगरी भागबण्डा गरेपछि नेपाली कांग्रेस चितवनमा ठूलो असन्तुष्टि देखिएको थियो । त्यो असन्तुष्ट समूहको प्रतिनिधित्व गर्दै पौडेलले भरतपुरको मेयरमा उम्मेदवारी दिएका थिए ।

    उनको उम्मेदवारी फिर्ता गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित सरकारका प्रभावशाली मन्त्रीहरू नै सक्रिय भएका थिए। तर पौडेल उम्मेदवारी फिर्ता लिन नसक्ने अडानमा थिए ।

    भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार छन् भने पौडेल स्वतन्त्र उमेद्वार हुन् ।


    सगुन चपाई
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend