logo

२०७९ चैत्र १३ सोमबार

logo
  • सोमबार, १३ चैत्र २०७९
  • बझाङमा बलात्कार आरोपमा नेपाली कांग्रेसका वडासभापति पक्राउ

    बझाङमा बलात्कार आरोपमा नेपाली कांग्रेसका वडासभापति पक्राउ

    19.3K
    SHARES

    बझाङ । बझाङमा जबरजस्तीकरणी गरेको आरोपमा नेपाली कांग्रेसका वडासभापति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली कांग्रेस मष्टा गाउँपालिका वडा नम्बर २ कार्यसमितिका सभापति अम्रेश खड्का रहेका छन् ।

    उनलाई वैशाख १७ गते राति करिब १२ बजे भाउजू नाता पर्ने ३८ वर्षीय महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर बिष्टले बताए ।

    डिएसपी विष्टका अनुसार वैशाख १८ गते पीडित महिलाले राति १२ बजे श्रीमानसँगै सुतिरहेका बेला मदिरा सेवनगरी आफूलाई जबरजस्तीकरणी गरेको भनि दिएको जाहेरीका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका २८ वर्षीय खड्कामाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend