logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • शुक्रवारबाट नेपाली फिल्म ‘लक्का जवान’ प्रदर्शन हुने

    शुक्रवारबाट नेपाली फिल्म ‘लक्का जवान’ प्रदर्शन हुने

    7.3K
    Shares

     

    काठमाडौं । नेपाली फिल्म ‘लक्का जवान’ आगामी शुक्रवारबाट देशभर प्रदर्शन हुने भएको छ । बुधवार काठमाडौंमा आयोजित वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको ७२ औँ जन्मदिनको अवसरमा फिल्मको बारेमा जानकारी गराइएको थियो ।

    हास्य कलाकार शिवहरी पौड्यालको डेब्यू निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’ मा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्यालको मुख्य भुमिका छ भने अन्य कलाकार सुरेन्द्र केसी, दिवंगत जयनन्द लामा, सरोज खनाल, अन्सुया श्रेष्ठ, सावित्री गुरुङ, अञ्जु महर्जन, नरेन्द्र कंशाकर लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रश्तुत गरिएको छ । निर्देशक पौड्यालकै कथा र पटकथामा रहेको फिल्मलाई अन्सुया श्रेष्ठले निर्माण गरेकी छन् ।

    ध्रुव वन्तको प्रश्तुति रहेको फिल्म आमा बंगलामुखी फिल्म्सको ब्यानरमा बनेको हो । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्र डी. गुरुङले सम्पादन गरेका हुन् ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend