logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • कर्णालीमा ८ दिन थपियो सार्वजनिक बिदा, नाग पञ्चमीमा पनि बिदा

    कर्णालीमा ८ दिन थपियो सार्वजनिक बिदा, नाग पञ्चमीमा पनि बिदा

    8.5K
    Shares

    सुर्खेत । कर्णाली प्रदेश सरकारले विसं २०७९ सालमा प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ ।

    प्रदेश सरकारको विसं २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।

    सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो ।

    ऐतिहासिक दिनका रुपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिने सरकारले निर्णय गरेको छ ।

    त्यस्तै, साउन १ गतेलाई साउने सङ्क्रान्ति तथा देउडा पर्व भनेर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए ।
    साउन १७ गते साउन शुक्ल पञ्चमी ९नाग पञ्चमी०, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, असोज २३ गते शुक्ल ९कोजाग्रत० पूर्णिमा, चैत्र १६ गते चैत्र शुक्ल नवमी ९रामनवमी० प्रदेशभर बिदा दिइने सचिव भुसालले बताए ।

    उनका अनुसार असोज कृष्ण त्रयोदशीका दिन भने चन्दननाथ बाबा मेलाको सार्वजनिक बिदा दिने निर्णय भएको छ । यस दिनमा भने जुम्ला जिल्लामा प्रादेशिक तथा स्थानीय तहका कार्यालयहरुमा बिदा हुने प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend