logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • भाइरल : आईपीएल खेलको दौरान युवतीले गरिन् प्रेमीलाई प्रपोज

    भाइरल : आईपीएल खेलको दौरान युवतीले गरिन् प्रेमीलाई प्रपोज

    6.4K
    Shares

    काठमाडौं । पुनेमा चेन्नई र बैंगलोरबीचको आईपीएल खेलको क्रममा एउटा रोचक घटना क्यामेरामा कैद भएको छ । चेन्नईको इनिङ्समा एक जोडीले सबैको मन जिते । म्याचको क्रममा एक युवतीले आफ्नो प्रेमीलाई घुँडा टेकेर प्रपोज गरिन् । केटाले पनि आफ्नी प्रेमिकालाई अँगालो हालेर औँठी लगाएर प्रस्ताव स्वीकार गरे । चेन्नईको इनिङ्सको ११ औँ ओभरमा यो जोडी टिभी स्क्रिनमा देखाइएको थियो।

    त्यहाँ उपस्थित दर्शकले दुवैलाई ताली बजाएर बधाई दिए । यो अनौठो प्रस्तावलाई मैदानमा रहेको ठूलो पर्दामा प्रत्यक्ष देखाइएको थियो । अहिले यो पुरै घटनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ताले खेलको क्रममा राम्रो क्षण भएको बताएका छन् । केटाले बैंगलोर टिमको जर्सी लगाएका थिए भने केटीले पनि रातो लुगा लगाएकी थिइन् । दुवै आरसीबीका फ्यान थिए ।

    यसअघि आईपीएल २०२१ मा, चेन्नई सुपर किंग्सका फास्ट बलर दीपक चाहरले बिग बोस फेम सिद्धार्थ भारद्वाजकी बहिनी जया भारद्वाजलाई प्रस्ताव गरेका थिए । उनले जयालाई स्ट्यान्डमा सबैको अगाडि औँठी लगाइदिए । दीपक र जया लामो समयदेखि सम्बन्धमा थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend