logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेप्से परिसूचकमा उच्च अंकले गिरावट

    नेप्से परिसूचकमा उच्च अंकले गिरावट

    5.9K
    Shares

     

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । पछिल्लो एक साता देखि निरन्तर रुपमा गिरावट आएको नेप्स १३७.५२ अंकले घटेको छ । बिहीवार नेप्से ३७.०६ अंकले घटेर २२३८.६२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८७ अंकले घटेको छ ।

    बिहीवार कारोबारमा आएका २३२ कम्पनीको ४६ लाख ७४ हजार कित्ता शेयर १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

    नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमध्ये विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् ।

    कारोबारमा आएका २३२ कम्पनीमध्ये ८ कम्पनीको शेयर मूल्य बढेको छ । जसमा बिहीवार जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यता मैलुङ्ग खोला जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

    कारोबार रकमका आधारमा ८ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर सूर्या लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । एनआईसी एशिया बैंकको ६ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend