logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • बागी उम्मेदवारलाई कांग्रेसको कारबाही, समर्थक तथा प्रस्तावक बसेकालाई पनि पार्टीबाट निष्काशित

    बागी उम्मेदवारलाई कांग्रेसको कारबाही, समर्थक तथा प्रस्तावक बसेकालाई पनि पार्टीबाट निष्काशित

    3.8K
    Shares

    धादिङ । नेपाली कांग्रेसले धादिङका बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ । कांग्रेसले आज प्रेस विज्ञप्ति प्रकाशन गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र समर्थक तथा प्रस्तावक बसेकालाई पार्टीबाट निष्काशन गरेको उल्लेख गरेको छ ।

    कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा बेनीघाट रोराङका देवीप्रसाद सिलवाल, नीलकण्ठका कल्पना अधिकारी, नेत्रावती डबजोङका टेकजङ्ग लामा, खनियाबासका फूलबहादुर तामाङ र खनियाबासकै सरिता तामाङलगायत प्रस्तावक र समर्थकलाई आज उप्रान्त पार्टी सदस्य नरहेको जानकारी गराइएको छ ।

    उनीहरू सबै आफूमाथि अन्याय भएको भन्दै पालिकाका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दर्ता गाउनेहरू छन् । उनीहरूलाई पार्टीले पटक–पटक सार्वजनिक विज्ञप्ति निकालेर पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन गर्न आग्रह गरिएको भए पनि बेवास्ता गर्दै आएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend