काठमाडौं । बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका पाँच जना उम्मेदवार विजयी भएका छन्। बिहीबार भएको निर्वाचनमा बेलायतभरमा विभिन्न स्थानीय काउन्सिलबाट १० जना नेपालीमूलका उम्मेदवार बनेका थिए। त्यसमध्ये लक्ष्मण गुरुङ, विष्णुबहादुर गुरुङ, जित रानाभाट, कमल गुरुङ र डाक्टर जगन्नाथ शर्मा निर्वाचित बनेका हुन्।
उनीहरूमध्ये तीन जना काउन्सिलरमा पुनःनिर्वाचित भएका छन् भने दुई जना पहिलोपटक काउन्सिलरमा विजयी भएका हुन्। निर्वाचित हुनेमा तीन जना सत्तारुढ कन्जरभेटिभ पार्टीका उम्मेदवार छन् भने दुई लेबर पार्टीका हुन्। देशभरको पूर्ण नतिजा भने अझै आउन बाँकी नै छ।
प्रधानमन्त्री बोरिस जोन्सनको सत्तारुढ कन्जरभेटिभ पार्टीले विगतमा जितेका सयौं ठाउँ गुमाएको छ। विपक्षी लेबर र लिबेरल डेमोक्र्याटले भने आफ्नो सिट संख्या बढाएका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend