logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • विष्णुहरि पौडेलको आधा दर्जन कृति सार्वजनिक

    विष्णुहरि पौडेलको आधा दर्जन कृति सार्वजनिक

    8.7K
    Shares

     

    काठमाडौं । विष्णुहरि पौडेलद्वारा लिखित ६ वटा कृति शनिबार विमोचन गरिएको छ । प्राध्यापक डाक्टर जयराज आचार्यले काठमाडौंमा एक कार्यक्रमका बीच पौडेलद्धारा लिखित तामाकोटको पौडेलः बंश र कूल पूजा, चिन्तन, प्रारब्ध काव्य, तरंग कविता संग्रह, चित्रण यात्रा संस्मरण र कुसुम कविता संग्रह विमोचन गरेका हुन् ।

    तनहुँ जिल्लाको सिमलचौंरमा जन्मिएका नेपाल सरकारका पूर्वसहसचिव समेत रहेका उनले विभिन्न विधामा कलम चलाएर नयाँ कीर्तिमान कायम गरेको पूर्व राजदुत समेत रहेका आचार्यले बताए । लेखक पौडेलले देश भित्र र देश बाहिर रहेका बेला आएको मनोभावनाहरुलाई आफ्नो कृतिहरुमा काव्यको रुपमा, कविताको रुपमा, यात्रा संस्मरणको रुपमा समावेश गरिएको बताए ।

    अमेरिकामा एक महिना विरामी परेर बसेको बेलामा पनि आफूले संगालेको अनुभव आफ्ना कृतिहरुमा रहेको पनि पौडेलले बताए । उनले कुसुम कविता संग्रहमा पौडेलहरुको कूलदेवता पूजा गर्ने संस्कारको पनि चित्रणगरेका छन्  । आफूले बाल्यकालमा पढेको चुँदी रम्घाको विद्यालयको पनि उहाँले मेरो गुरुकुल शिक्षा र यात्रा संस्मरण नामक कृतिमा स्मरण गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend