logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • बझाङमा एक महिलाद्धारा झुन्डिएर आत्महत्या

    बझाङमा एक महिलाद्धारा झुन्डिएर आत्महत्या

    5.7K
    Shares

    बझाङ । बझाङमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् । बझाङको मष्टा गाउँपालिका–२ खिकाला घर भएकी ३४ वर्षीया कमला ओखेडा (कुगै)ले आत्महत्या गरेकी हुन् ।

    उनले जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित आफ्नै होटेलमा डोरीको पाशो लगाएर शनिबार दिउँसो आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

    प्रहरीका अनुसार मृतक ओखेडाले आत्महत्या गरेको कारण नखुलेको र उनका आफन्तहरू आउनेबित्तिकै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लाने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको समेत जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend