logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • यस्ता छन् कागती सेवनको फाइदाहरु, सौन्दर्यमा पनि उत्तिकै उपयोगि

    यस्ता छन् कागती सेवनको फाइदाहरु, सौन्दर्यमा पनि उत्तिकै उपयोगि

    6.7K
    Shares

    काठमाडौं । कागती बहुउपयोगी फल हो । यो स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । । यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ ।

    स्वास्थ्यमा यसले पार्ने फाइदा र विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गरिन्छ । यसले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ ।

    यस्ता छन् कागती सेवनको फाइदाहरु: 

    १. यूरेका लेमनमा गोलो कागतीमा भन्दा बढी भिटामिन (सी) उपलब्ध हुने भएकोले मानव शरिरमा रोग प्रतिरोधी क्षमता बढाउनुका साथै एन्टि–अक्सिडेन्टको काम गर्दछ ।

    २. कागतीमा साईट्रिक अम्ल र प्राकृतिक लवणहरु म्याग्नेसियम, पोटासियम, फोस्फोरसले शरीरमा भएका विकार (अम्ल) तत्त्वहरुलाई नष्ट गरी रगत सफा गर्ने काममा मद्दत पुर्याउँछ ।

    ३. मानिसमा हुने स्कर्भी रोगको लागि कागति एउटा अचुक औषधि हो यो रोग भिटामिन (सि) को कमिले हुन्छ । कागतिले मानिसमा हुने विभिन्न समस्या उच्च रक्तचाप, कब्जियत, रुघाखोकी, अपच, पित्त, बाथ, कफ, आलस्य जस्ता समस्यालाई हल गर्न सहयोग पुर्याउँछ ।

    ४. कागतीले मोटोपन तथा तौल घटाउन सहयोग पुर्याउँछ ।

    ५. खाना खाने बेलामा विभिन्न दालको परिकारहरुमा कागती रस राख्ने गरिन्छ ।

    ६। कागतीले रगतमा भएका चिनीको मात्रालाई घटाउन मद्दत पुर्याउँछ ।

    ७. मुटुसम्बन्धी समस्यालाई कम गर्दछ ।

    ८. क्यान्सर रोगबाट बचाउन मद्दत गर्दछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend