काठमाडौं । नेपाल राष्ट्र बैंकमा पनि सातामा दुई दिन बिदा हुने भएको छ । गभर्नरको टिप्पणी अनुसार सरकारले तोकेअनुसार दुई दिन बिदा दिन राष्ट्र बैंकले सबै विभागलाई निर्देश गरेको हो ।
सरकारले जेठ १ देखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय तोकिएको छ ।