logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • गोवामा १२ वर्षकी रुसी बालिकामाथि बलात्कार, अभियुक्त पक्राउ

    गोवामा १२ वर्षकी रुसी बालिकामाथि बलात्कार, अभियुक्त पक्राउ

    6.2K
    Shares

    एजेन्सी । गोवाको एउटा रिसोर्टमा १२ वर्षकी रुसी बालिकामाथि बलात्कार गरेको आरोपमा रुम अटेन्डेन्टलाई कर्नाटकबाट पक्राउ गरिएको छ ।

    गोवा प्रहरीले यी व्यक्तिलाई उनको गृहनगरबाट पक्राउ गरेका ेहो । खबरका अनुसार रुसी बालिकामाथि मे ६ मा बलात्कार भएको हो । गोवा प्रहरीले कारवाही गर्दै १० मेमा अभियुक्तलाई उनको घरबाट पक्राउ गरेको थियो ।

    रुसी बालिकाकी आमाले ९ मेमा यसबारे उजुरी दर्ता गरेकी थिइन् ।

     

    समाचार एजेन्सी पिटिआईसँग कुरा गर्दै सम्बन्धित प्रहरी स्टेशनका इन्स्पेक्टर विक्रम नाइकले पीडित बालिकाकी आमाको उजुरी दर्ता गरेका थिए । पीडितकी आमाका अनुसार नाबालिग बच्चामाथि रुम अटेन्डेन्टले सुरुमा स्विमिङ पुलमा बलात्कार गरे र त्यसपछि होटलको कोठामा पनि उनीमाथि दुर्व्यवहार गरेका थिए ।

    घटना हुँदा बालिकाकी आमा केही सामान लिन बजार गएको बताइन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend