logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • रुकुम पश्चिमकाे त्रिवेणी–१ मा माओवादीलाई हराउँदै बागी उम्मेदवारको प्यानल नै विजयी

    रुकुम पश्चिमकाे त्रिवेणी–१ मा माओवादीलाई हराउँदै बागी उम्मेदवारको प्यानल नै विजयी

    5.2K
    Shares

     

    रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका सुन्दर ओली विजयी भएका छन् । उनी माओवादी केन्द्रकै लक्ष्मण ओलीलाई हराउँदै विजयी भएका हुन् ।

    उनी उक्त वडामा माओवादी केन्द्रका लक्ष्मण र कांग्रेसका उम्मेदवार मुस्कान ओलीसँग प्रतिस्पर्धा गरेका थिए । सुन्दरले ५ सय ७७ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी लक्ष्मणले ४ सय १७ मत ल्याए । अन्य ४ सदस्यमा पनि बागीतर्फकै उम्मेदवार निर्वाचित भएका छन् ।

    सदस्यमा कमला बोहरा, लालसरा कामी, खड्कबहादुर पुन र पूर्णबहादुर बुढा निर्वाचित भएका छन् । उनीहरूले धारा चुनाव चिन्हमा चुनाव लडेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend