logo

२०७९ जेष्ठ ७ शनिबार

logo
  • शनिबार, ७ जेष्ठ २०७९
  • बझाङमा स्थानीय तहका वडामा क-कसले जिते ? (नामसहित)

    बझाङमा स्थानीय तहका वडामा क-कसले जिते ? (नामसहित)

    1.3K
    SHARES

    बझाङ । बझाङका आठ वटा स्थानीय तहमा मतगणना भइरेको छ । मतगणना भएपनि कतिपय पालिकाका वडाहरूमा विजयी हुन थालिसकेका छन्।



    थलरा गाउँपालिका(९मा गठबन्धनको प्यानल नै विजयी भएको छ। नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष लोकेन्द्रबहादुर विष्टले ४८७ मत ल्याएर निर्वाचित भएका हुन्।

    उनका विपक्षी एमालेका हिरा भण्डारीले ४२८ मत ल्याएर पराजित भएका हुन्।चार जना वडासदस्य गठबन्धनकै निर्वाचित भएका हुन्। त्यसैगरी मष्टा गाउँपालिका(१ मा पनि गठबन्धनकै प्यानल विजयी भएको छ।

    नेकपा (माओवादी केन्द्र)का वडाध्यक्षसहित प्यानल विजयी भएको हो।

    माओवादी केन्दका रामचन्द्र रोकाया ६३६ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन्। रोकायाका प्रतिद्वन्दी एमालेका राजेन्द्र थापाले ४९३ मत मात्रै ल्याए।

    बझाङको बुंगल नगरपालिका( ५ मा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्।

    पुतली चुनाब चिन्हबाट चुनावी मैदानमा होमिएका निराजन कुवर ९दिपक ०६०३ मतले विजयी भएका हुन्। उनका प्रतिद्धन्दी नेकपा एमालेका प्रयागराज धामीले २७० मत ल्याएका छन्। गठबन्धनबाट नन्द बहादुर धामी ३३ मतमै सिमित भएका छन्।

    बझाङको खप्तडछान्ना(१ मा एकीकृत समाजवादी देविभक्त जोशीसहित प्यानल नै विजयी भएका छन्। उनी ४४० मत ल्याएर निर्वाचित भएका हुन्।

    एमालेका सुरेश खत्रीले २३८ मत ल्याएका छन्। बित्थडचिर गाउँपालिका(१ मा नेपाली कांग्रेसले जितेको छ। एमालेका उम्मेदवार टेक बोहरालाई १७९ मतले पराजित गर्दै कांग्रेसका मानबहादुर बोहरा विजयी भएका हुन्। मानबहादुरले ५२४ मत प्राप्त गर्दा टेकबहादुरले ३४५ मत प्राप्त गरेका हुन्।

    बझाङको थलारा गाउँपालिका(१मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ।

    वडाध्यक्ष रविन्द्र जोशीसहित माओवादी प्यानल विजयी भएका हुन्। उम्मेदवार जोशीले प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण जोशीलाई ८० मतले हराएका छन्।

    गठबन्धन नेकपा माओवादीका रविन्द्र जोशीले ३६० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन्।

    एमालेका सुरेश खत्रीले २८० मत ल्याएका छन्। साइपाल गाउँपालिका वडा नम्म्बर १ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ।

    नेकपा एमालेबाट उम्मेदवारी दिएका नरेन्द्र धामीले साउने धामीलाई पराजित गर्दै प्यानलसहित विजयी भएको हो। धामीले १५५ मत ल्याएका छन् भने गठबन्धनका साउने धामी १३० मत मात्रै ल्याउन सफल भए।

    यस्तै गाउँपालिका अध्यक्ष तर्फ नेकपा एमालेका मान बोहरा १६३ मतले अग्रता लिइरहेका छन्। गठबन्धनका उज्वल बोहराले ११८ मतसहित पछ्याइरहेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend