logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • करिव तीन हजार मतगणना गर्दा पाँच दलीय गठबन्धनका मेयरलाई जम्मा ४० मत !

    करिव तीन हजार मतगणना गर्दा पाँच दलीय गठबन्धनका मेयरलाई जम्मा ४० मत !

    25.8K
    Shares
    करिव तीन हजार मतगणना गर्दा पाँच दलीय गठबन्धनका मेयरलाई जम्मा ४० मत !

    काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयरका उमेद्वारको लज्जास्पद नतिजा आएको छ।

    धुलिखेलमा अहिलेसम्म २९३४ मतगणना गर्दा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले जम्मा जम्मा ४० मत पाएका छन्।

    अहिलेसम्म वडा नम्बर एक र दुईको गरी कुल २९३४ मत गन्दा एमालेका अशोककुमार ब्याञ्जुले अग्रता लिएका छन् । भने स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले जेब्रा चुनाव चिन्ह दोश्रो स्थानमा मत ल्याएका छन्।

    पछिल्लो नतिजा अनुसार एमालेका अशोककुमार ब्याञ्जुको १३७४ र स्वतन्त्र उमेद्वार विदुरकुमार बस्नेतको ११०७ र गठबन्धनका एकीकृत समाजवादीका उमेद्वार दयासागर श्रेष्ठले ४० मत प्राप्त गरेका छन्।

    धुलिखेल नगरपालिकाको वडा नम्बर एकको अन्तिम नतिजामा अध्यक्षका नेपाली कङ्ग्रेसका उम्मेद्वार सन्त बहादुर लामा बिजयी भएका छन्। भने वडा नम्बर दुईमा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेको अर्जुन न्यौपानेको प्यानल नै बिजयी भएको छ।

    धुलिखेलमा अघिल्लो निर्वाचनमा एमालेका ब्याञ्जु विजयी भएका थिए। अहिले उनैले अग्रता लिइरहेका छन् भने उनलाई पछ्यईरहेका बस्नेत धुलिखेल कांग्रेसका नगर सभापति थिए। गठबन्धन गर्दा एकीकृत समाजवादीलाई मेयर दिइएपछि उनले बागी उम्मेदवारी दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend