logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • न्युयोर्कमा गोली प्रहारबाट १० जनाको मृत्यु

    न्युयोर्कमा गोली प्रहारबाट १० जनाको मृत्यु

    4.6K
    Shares

    रासस/सिन्ह्वा । यहाँको न्युयोर्क राज्यको बफेलोमा भएको गोली काण्डमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ । प्राप्त समाचारमा यहाँको सुपरमार्केटमा शनिबार अपराह्न गोली चलेको हो । गोली लागेर अरु केही घाइते पनि भएका छन् ।

    अमेरिकी समाचार समिति एसोसिएटेड प्रेस ९एपी० का अनुसार शनिबार अपराह्नमा एकजना व्यक्ति सरासर सो सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएको थियो ।सैनिकको पोशाकमा आएको एक युवकले गोली हानेको बताइएको छ । ती व्यक्तिले सो सुपरमार्केटमा रहेका कर्मचारीहरुमाथि अन्धाधुन्ध गोली चलाएको थियो ।

    बफेलोका प्रहरी विभागका प्रमुखले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाएका छन् । उनले गोली प्रहार गरी हत्या गर्ने ती व्यक्तिलाई नियन्त्रणमा लिइएको ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले सो हत्याकाण्डको बारेमा जानकारी लिएको ह्वाइट हाउसले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend