logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेससंग गठबन्धन गरेका माधव नेपालको एस पार्टीका उपाध्यक्षले पाए गाउँपालिका भरीमा जम्मा एक भोट

    कांग्रेससंग गठबन्धन गरेका माधव नेपालको एस पार्टीका उपाध्यक्षले पाए गाउँपालिका भरीमा जम्मा एक भोट

    25.1K
    Shares

    बागलुङ । नेपाली कांग्रेससंग गठबन्धन गरेका माधव नेपालको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पदका  उम्मेदवार तारानाथ शिर्पालीले  तमानखोला गाउँपालिका भरीको मतगणना गर्दा जम्मा एक मत पाएका छन् । नेपाली कांगेस समेतको समर्थनमा उम्मेदवार बनेका उनलाई मतगणना सकिँदासम्म जम्मा एक मत मात्र प्राप्त भएको थियो ।

    उपाध्यक्षमा उम्मेदवारी दिएका सिर्पालीको कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    तमानखोलाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढामगर र उपाध्यक्षमा हिराकुमारी छन्त्याल विजयी भएका छन् । जोकलाल बुढामगर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

    बुढाले २,७०७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका देवबहादुर पुनले १,९९५ मत प्राप्त गरेका छन् । त्यसैगरी, उपाध्यक्षमा छन्त्यालले २,७६८ मत ल्याएर नेकपा माओवादी केन्द्रका निसु रसाईलीलाई पराजित गरेकी छन् ।

    रसाइलीले १,९५८ मत प्राप्त गरेकी छिन् । जिल्लामा अन्य स्थानीय तहमा कांग्रेस माओवादीको गठबन्धन भए पनि त्यहाँ हुन सकेको थिएन । यस्तै पालिकाका पाँच वडामै गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    ताराखोला गाउँपालिका– १ मा यमबहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्णबहादुर भण्डारी, ४ जितबहादुर खत्री र ५ नम्बर वडामा मनबहादुर खत्री विजयी भएका हुन् । गाउँपालिकामा वडासदस्यबाहेकको पदमा गठबन्धनको प्यानलै विजयी भएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend