logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • रोल्पाको गंगादेव गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुइटैमा काँग्रेस विजयी

    रोल्पाको गंगादेव गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुइटैमा काँग्रेस विजयी

    7K
    Shares

     

    रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका गाउँपालिका उम्मेदवार हरिबहादुर पुन र उपाध्यक्षमा अमृताकुमारी केसी विजयी भएका हुन् ।

    पुनले २ हजार ५५७ मत पाए भने उनका प्रतिद्वन्द्वी एमालेका रोशनकुमार वलीले २ हजार ४९९ मत मात्र ल्याए । अघिल्लो उक्त निर्वाचनमा गाउँपालिका माओवादीले जितेको थियो । यसपटक माओवादी केन्द्रका वीरबहादुर खत्रीले २ हजार १५४ मत ल्याएका तेस्रो भएका छन्।

    उपाध्यक्षमा पनि काँग्रेसकै अमृताकुमारी केसी विजयी भएकी छन् उनले २ हजार ९ सय ९ मत पाइन् भने प्रतिद्वन्द्वी एमालेकी निर्मलाकुमारी वलीलाई २ हजार ४ सय ४२ मत मात्र प्राप्त गरिन् । माओवादी उपमेयरमा पनि तेस्रो भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend