logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आज २५६६ औँ बुद्ध जयन्ती, गौतम बुद्धको पूजा, आराधना गरेर मनाइँदै

    आज २५६६ औँ बुद्ध जयन्ती, गौतम बुद्धको पूजा, आराधना गरेर मनाइँदै

    4.5K
    Shares

     

    काठमाडौं । आज २५६६ औँ बुद्ध जयन्ती । काठमाडौं उपत्यकासहित देशभर शान्तिका अग्रदूत गौतम बुद्धको पूजा, आराधना गरेर बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।

    भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमलाई विष्णुको अवतारका रुपमा पूजा गरिन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप आज बुद्ध जयन्ती मनाउने प्रचलन छ ।

    बुद्धको जन्म, ज्ञान प्रप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै दिन परेकोले यस दिनलाई विश्वका बौद्ध धर्मावलम्वीहरुले बुद्धप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेर बुद्ध जयन्ती मनाउने गर्दछन् । ललितपुरस्थित सुरश्चन्द्र महाविहार समितिका अध्यक्ष तीर्थमुनि शाक्यले शान्तिका प्रतिक गौतम बुद्धको पूजा आरधना गरेर बुद्ध जयन्ती मनाउन लागिएको बताए । उनले नेपालमा मात्र नभइ बुद्ध जयन्ती विश्वभर रहेका बौद्ध धर्मावलम्वीहरुको विशेष भाड भएकोले विश्वभर नै बुद्ध जयन्ती मनाइने गरिएको बताए । उनले ललितपुरमा सप्ताहव्यापी रुपमा बुद्ध जयन्ती मनाइएको र आज अन्तिम दिनमा बुद्धको मूर्तिलाई ललितपुरमा नगर परिक्रमा गराइने कार्यक्रम रहेको बताए ।

    संसारभर बुद्ध जयन्तीको अवसरमा बौद्ध धर्मावलम्बीहरुले विशेष कार्यक्रम आयोजना गरेर बुद्धलाई स्मरण गर्ने गर्दछन् । आज बुद्धको जन्मभूमि लुम्बिनीमा ठूलो मेला लाग्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend