logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • अविरल वर्षाका कारण श्रीलंकामा ६ सय परिवार विस्थापित

    अविरल वर्षाका कारण श्रीलंकामा ६ सय परिवार विस्थापित

    5.7K
    Shares

     

    काठमाडौं/रासस । श्रीलंकामा शनिबारदेखि जारी अविरल वर्षाका कारण भीषण बाढी आएको छ । वर्षासँगै बाढी र पहिरो जस्ता उत्पन्न प्राकृतिक विपत्ति उत्पन्न भएको छ ।

    राजधानी कोलम्बोबाट दक्षिणमा रहेको रतनपुरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । बाढी र पहिरोका कारण जिल्लाका ८२ भन्दा बढी घर भत्किएका छन् भने अरु भौतिक संरचनामा पनि बाढीले क्षति पुर्‍याएको छ ।

    प्रकोपमा परेर ६०० भन्दा बढी परिवारका २ हजार २९० जना विस्थापित हुन पुगेका बताइएको छ । श्रीलंकाका मौसमसम्बन्धी अधिकारीहरुले वर्षा अझै जारी रहने भएकाले सतर्कता अपनाउन आह्वान गरेका छन् ।

    सो बाढीका कारण आएको पहिराका साथै वर्षा जारी नै रहेकाले अझ धेरै क्षेत्र प्रभावित बनाउन सक्ने अनुमान गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend