logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    पाँच दलीय गठबन्धन हुँदा पनि एउटा वडा सदस्य जित्न सकेनन, एमालेले पार्यो क्लिनस्वीप

    पाँच दलीय गठबन्धन हुँदा पनि एउटा वडा सदस्य जित्न सकेनन, एमालेले पार्यो क्लिनस्वीप

    19.8K
    Shares
    पाँच दलीय गठबन्धन हुँदा पनि एउटा वडा सदस्य जित्न सकेनन, एमालेले पार्यो क्लिनस्वीप

    पाल्पा, जेठ २ । पाल्पाको निस्दी गाउँपालिकामा पाँच दलीय गठबन्धनलाई नेकपा एमालेले एक्लैले क्लिनस्वीप गरेको छ ।

    बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले बिरुद्ध लड्न पाँच दलीय गठबन्धन बनाएर अगाडी बढेका पाँच पार्टीका हातमा परिणाम भने शुन्य भएको छ। निस्दी गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा एमालेले गठबन्धनका एक जना सदस्यसमेत जित्न नदिएर क्लिनस्वीप गरेको हो ।

    निर्वाचनबाट पालिका अध्यक्षमा एमालेका मुक्तबहादुर सारु र उपाध्यक्षमा तीरनकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ । अध्यक्षमा सारुले ६ हजार ६ सय ५२ मत प्राप्त गरेर निर्वाचित हुँदा कांग्रेसका गोविन्द अर्यालले ३ हजार ४ सय ६६ मत पाउनु भएको छ । यसैगरी उपाध्यक्षमा तीरनले ६ हजार ६ सय ९ ल्याएर निर्वाचित हुँदा माओवादीका रामप्रसाद खत्रीले ८ सय ३० मत प्राप्त गर्नुभएको छ ।

    निस्दीका सात वटै वडामा पनि नेकपा एमाले विजयी भएको छ । त्यस्तै सदस्य, महिला सदस्य र दलित सदस्यमा पनि एमाले उम्मेदवार नै विजयी भएका छन । वडाध्यक्षहरूमा निस्दी १ मा यमबहादुर राना, २ मा फत्तेसिंह दर्लामी, ३ मा नवीन्द्र थापा सोती, ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गाबहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र ७ मा मुक्तबहादुर पाटा विजयी हुनुभएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend