logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • देशभर थप ७ जनामा संक्रमण पुष्टि, ९ जना संक्रमणमुक्त

    देशभर थप ७ जनामा संक्रमण पुष्टि, ९ जना संक्रमणमुक्त

    3.8K
    Shares

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७८५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ५४६ जनाले पिसिआर र एक २३९ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    सो अवधिमा नौजना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९१३ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा कसैले पनि कोभिडविरुद्धको खोप लगाएका छैनन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३९ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा १३९ जना सङ्क्रमित रहेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend