logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • आजदेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु

    आजदेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु

    5.3K
    Shares

     

    काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ । अधिकांश पालिकाका विद्यालयहरु आजदेखि खुलेका छन् ।

    केही विद्यालयले पठनपाठन नै सुरु गरेका छन् भने अधिकांशले आज पहिलो दिन विद्यार्थी कम आएकोले परामर्श दिने, पुस्तक वितरण गर्ने कार्य गरेका छन् ।

    ललितपुर महानगरपालिकाको कुपन्डोल स्थित प्रगति माध्यामिक विद्यालयले आज सबै विद्यार्थी नआएकोले परामर्श दिने, पुस्तक नलिएका विद्यार्थीलाई पुस्तक वितरण गर्ने गरिरहेको जनाएको छ । प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले सबै विद्यार्थी कक्षामा उपस्थित नभएकोले परामर्श दिने, किताब लिन छुटेका विद्यार्थीहरुलाई पुस्तक वितरण गरिरहेको बताए ।

    भक्तपुर नगरपालिकामा भने अधिकांश विद्यालय जेठ १ गतेदेखि नै खुलेकोले पठन पाठन सुरु भइसकेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले पठनपाठन सुरु भइसकेको बताए ।

    काठमाडौं महानगरपालिकामा भने ५ जेठदेखि मात्रै पठनपाठन हुने भएको छ । महानगरका सबै विद्यालय आजदेखि खुले पनि शिक्षकहरु विद्यालय जाने पठनपाठनको कार्ययोजना बनाउने काम भइरहेको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका शिक्षक हेरम्बराज कँडेलले बताए ।

    महानगरले शैक्षिक गतिविधिलाई एक रुपता दिन शैक्षिक क्यालेन्डर अनुसार ५ जेठदेखि पठनपाठन सुरु गर्न उल्लेख गरेको छ । सोही अनुसार जेठ पाँच गतेबाट पठनपाठन हुने भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend