logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सुनको मुल्य घट्यो, यतिमा हुदैछ आजको कारोबार

    सुनको मुल्य घट्यो, यतिमा हुदैछ आजको कारोबार

    7.1K
    Shares

     

    काठमाडौ । बुधबार सुनचाँदीको मुल्य घटेको छ । मंगलबार प्रतितोला २ सय रूपैयाँ बढेर ९६ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन बुधबार ९ सय रूपैयाँले घटेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार तेजावी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला ९६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै मंगलबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend